← Back to News
General
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता विद्यालयलाई प्रशिक्षण कार्यक्रम सम्पन्न ।
Share on Facebook
बागलुङ जिल्ला, गलकोट नगरपालिका-३, हटियामा अवस्थित जिल्लाकै प्रतिष्ठित विद्यालय यस गलकोट माध्यमिक विद्यालय गत वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता विद्यार्थी लगायत विद्यालयमा कक्षा ४-१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि जिल्ला खेलकुद विकास समिति, बागलुङको आयोजनामा एथलेटिक्स, कबड्डी र भलिबल सम्बन्धी विभिन्न खेलकुदहरूमा यही असोज २० र २१ गते २ दिने खेलकुद तालिम सम्पन्न भएको छ । जिल्ला खेलकुद समितिको प्रशिक्षण गर्ने टिमका जिल्ला खेलकुद विकास समिति का अध्यक्ष कृष्ण प्रसाद कंडेल, कोषाध्यक्ष योगेश भण्डारी, कराते संघ बागलुङ का अध्यक्ष महेन्द्र खड्का, कबड्डी संघ बागलुङ का अध्यक्ष सन्दीप पन्त, उसु प्रशिक्षक डिल बहादुर किसान, भलिबल प्रशिक्षक कृष्ण शेरचन र राजन कार्की लाई शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको सम्मान कार्यक्रममा खादा तथा मायाको चिनो प्रदान गरि स-सम्मान विदाई गरियो ।
📷 Photos