📍 Galkot Municipality-3, Hatiya, Baglung, Nepal
🎉 Welcome to Galkot Secondary School — गलकोट माध्यमिक विद्यालय 🎉 Welcome to Galkot Secondary School — गलकोट माध्यमिक विद्यालय
← Back to News General

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता विद्यालयलाई प्रशिक्षण कार्यक्रम

Share on Facebook राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता विद्यालयलाई प्रशिक्षण कार्यक्रम
बागलुङ जिल्ला, गलकोट नगरपालिका-३, हटियामा अवस्थित जिल्लाकै प्रतिष्ठित विद्यालय यस गलकोट माध्यमिक विद्यालय गत वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता विद्यार्थी लगायत विद्यालयमा कक्षा ४-१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि जिल्ला खेलकुद विकास समिति, बागलुङको आयोजनामा एथलेटिक्स, कबड्डी र भलिबल सम्बन्धी विभिन्न खेलकुदहरूमा यही असोज २० र २१ गते २ दिने खेलकुद तालिम शुरू भएको छ । जिल्ला खेलकुद समितिको प्रशिक्षण गर्ने टिममा जिल्ला खेलकुद विकास समिति का अध्यक्ष कृष्ण प्रसाद कंडेल, कोषाध्यक्ष योगेश भण्डारी, कराते संघ बागलुङ का अध्यक्ष महेन्द्र खड्का, कबड्डी संघ बागलुङ का अध्यक्ष सन्दीप पन्त, उसु प्रशिक्षक डिल बहादुर किसान, भलिबल प्रशिक्षक कृष्ण शेरचनलाई विद्यालयका प्रधानाध्यापक राम बहादुर खत्री र शिक्षक अभिभावक संघका अध्यक्षा राजेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । जिल्ला खेलकुद विकास समितका अध्यक्ष कृष्णले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई संगीतमय पि.टी. तालिम दिनु भएको छ भने विद्यार्थी खेलाडीलाई एथलेटिक्स समूह, भलिबल समूह र कबड्डी समूह विभाजन गर प्रशिक्षण तालिम शुरु गरिएको छ ।

📷 Photos